2026 September 26/ 11:02: 30am

        बेथान्चोक/बेथानचोक गाउँपालिकामा ५ दिने निःशुल्क योग विज्ञान शिविर संचालन भएको छ । 
         शिविरको उदघाटन बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी तथा पूर्व अध्यक्ष प्रेम बहादुर तिमल्सिनले गरेका थिए । पालिका अध्यक्ष अधिकारीले योग मानव जिवनलाइृ अपरिहार्य रहेको बताए । बेथान्चोक गाउँपालिकामा योग अभ्यासलाई निरन्तरता दिने अधिकारीले बताए । प्रत्येक विद्यालयमा योगका कक्षाहरु राखी विद्यार्थी जिवनबाटै योग सिकाउनु पर्ने अधिकारीले बताए । 
          गत ७ गते बाट शुरु भएको शिविर पतन्जली योग समिती बागमती प्रदेश प्रमुख ग्रुवेन तौजलेले योग अभ्यास गराएका थिए ।  मुक्तेश्वर मन्दिर बृद्धबृद्धा संरक्षण समितीको आयोजनामा भएको शिविरमा पतन्जली योग समिती, काभ्रेका अध्यक्ष प्रकाश कायस्थ महिला अध्यक्ष इन्दिरा तौजले तथा जिल्ला पदाधिकारीहरु स्थनिय संघसंस्था तथा महनुभावहरुको उपस्थिति रहेको सञ्चार प्रभारी मिलनभक्त श्रेष्ठले बताए ।