शंखु/शंखेश्वरी महालक्ष्मी माविमा कम्प्युटर प्रयोगशाला हस्तान्तरण गरिएको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले कम्प्युटर प्रयोगशालाको उपयोगिताका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले नगरपालिकाले नगरको शैक्षिक क्षेत्रको सुधारका लागि योजना निर्माण गरी कार्य गरिरहेको बताए । शिक्षा दुई प्रकारको नहुने बताउँदै नगर प्रमुख ब्याञ्जुले शिक्षालाई ब्यवसायीक, ब्यवहारिक र जीवनउपयोगी हुनस पर्ने बताए । कार्यक्रममा धुलिखेल नगरपािलका वडा नम्वर १२ शंखुमा रहेका शंखेश्वरी माध्यमिक विद्यालयलाई प्रेमसागर नेपाल फाउण्डेशनले २८ वटा कम्प्युटर उपलब्ध गराएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राकेश लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष हर्कबहादुर तामाङ, वडा नम्वर १० का अध्यक्ष पुष्प राउत, विद्यालयका प्रधानाध्यापक तेजबहादुर लामा लगायतले विद्यालयको शैक्षिक सुधारका लागि कम्प्युटर प्रयोगशाला महत्वपुर्ण हुने बताएका थिए ।
विद्यालयमा कितावी रुपमा मात्र सिमित नभई प्रविधि मैत्री बनाउँदै प्रविधि मार्फत बालबालिकाहरुलाई अध्ययन गराईने प्रधानाध्यापक तेजबहादुर लामाले बताए । बालबालिकालाई सिर्जनलशिल सिप सिकाईलाई प्रयोगशालाले सहयोग पुग्ने उनले बताए । विद्यालयमा चालु शैक्षिक सत्रका लागि २ सय ५० जना विद्यार्थीहरु भर्ना भईसकेका छन् । कक्षा ११ र १२ अध्ययन गर्ने २२ जना विद्यार्थीहरु रहेका छन् भने कक्षा ११ देखि १० सम्म निशुल्क विद्यालय पोशाक वितरण गरिएको थियो ।









