देविटार/सरकारका काम कारवाही र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नीति, विकासका अभियानहरुमा स्थानीय सरकारका विशिष्ठ कार्यहरु प्रति आर्कषित हुँदै धुलिखेल नगरपालिका वडा नम्वर १ देविटारमा नेपाली कांग्रेसका नेता पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् ।
धुलिखेल नगरपालिका नगर प्रमुख एवं नेकपाका नेता अशोक ब्याञ्जुले नेपाली कांग्रेस देविटार वडा समितिका उप सभापति केदारनाथ बजगाईलाई पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गराउँदै नगर प्रमुख ब्याञ्जुले नेकपाको मुलुक बनाउने महाअभियानमा सहभागि भएकोमा बधाई तथा शुभकामना दिएका थिए । साथै पार्टीमा उचित जिम्मेवारी दिने र पार्टीले लिएका नीति, विचार र सिद्धान्त भित्र रहेर गर्ने हरेक कार्यमा सहभागि हुन आग्रह गरे । पार्टी प्रवेश गर्दै नेपाली कांग्रेसमा उप सभापति रहेर कार्य गरेको तथा सामाजिक अयिभानको मियो बनेको नेकपामा प्रवेश गर्न पाउँदा हर्ष र खुशी लागेको बजगाईले बताए । नेकपाले शुरु गरेको विकासको महाअभियानलाई सहयोग गर्ने र सम्वृद्ध धुलिखेल निर्माणमा योगदान दिने बजगाईले बताए ।
बजगाईलाई नेकपाका नेताहरु विमला शर्मा, रामगोपाल चौलागाई, टिकाबल्धव सापकोटा तथा विभिन्न तहका नेताहरुले स्वागत गरेका थिए









