2026 April 20/ 08:08: 40am

    बनेपा/नमोबुद्ध नगरपालिकाले २०७५ साउन १ देखी चैत्र मसान्त सम्म सम्पन्न गरेका योजना तथा नगरका गतिबिधिका बारेमा सार्वजनिक सुनुवाई गरेको छ । 
    सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला चापागाईले नगरका गतिबिधिहरुका बारेमा प्रश्तुतिकरण गरेका थिए । नगरको आन्तरीक आय ४ करोड ७३ लाख ६५ हजार रहेकोमा चैत मसान्त सम्ममा ३ करोड ५० लाख ४२ हजार १ सय १६ रहेको र आगामी असार मसान्त सम्म लक्ष्य अनुसारको आन्तरीक आयको लक्ष्यमा पुगिने चापागाईले बताए । त्यसै गरी वित्तिय प्रगतीमा चालु तर्फ ५९.६७ प्रतिशत, पुजिंगत तर्फ ४१.९ प्रतिशत गरी जम्मा ४३.६ प्रतिशत मात्र खर्च गर्न सकेको उनले बताए । योजना कार्यान्वयनमा ९८.२६ प्रतिशत योजना सम्झौता भएको र २२.०१ योजना सम्पन्न भएको छ भने अन्तिम चरणमा ६० प्रतिशत योजना रहेको कार्यक्रममा जानकारी दिएका थिए । नगरले ३६ वटा ऐन कानुन निमार्ण, नगरपालिकाको आफ्नै भबनबाट कार्य सञ्चालन, चुहाने खानेपानी, नगरपालिकाको पार्किङ्ग सेट निमार्ण, चरुवा भेडाबारी सडक, साङगे ग्हयोन छोईलिङ गुुम्बा निमार्ण,  भुकम्पबाट भत्किएका घरहरुको पुर्नर्निमाण ३३ प्रतिशत सम्पन्न भएको जानकारी गराईएको थियो । 
     नगरमा कर्मचारी अभावका कारण ११ वटै वडामा ४० कर्मचारी अपुग भएको र काम गर्न समस्या परेको उनले बताए । कार्यक्रममा नागरीकहरुले कृषि, पशुपालन, सहकारी, शिक्षा र अपाङ्गता भएका ब्यक्तिहरुको क्षेत्रमा बजेट कम छुट्टयाएको, ईट्टा भट्टाले भुकम्प पीडितहरुलाई इट्टा खरिदमा छुट दिने भने पनि नदिएको, सार्वजानीक जग्गाहरुको संरक्षणमा ध्यान नदिएको लगायतका समस्याहरु नगर प्रमुख टिपि शर्मालाई राखेका थिए । नागरीकहरुको प्रश्नको जवाफ दिदै नगर प्रमुख टिपि शर्माले नगरले चरणबद्ध रुपमा कार्यहरु गरिरहेको बताए । निवाचित भएको पहिलो वर्ष कृषिमा केहि बजेट कम भएको स्वीकार्दे आगामि आर्थिक बर्षमा सरोकारवालाहरुसगं छलफल गरेर बजेट बिनियोजित गर्ने बताए । निर्वाचनका समयमा हामिले गरेका बाचा पुरा गर्ने प्रबिद्धता दोहो¥याउँदै जनताका समस्याहरुलाई नगरपालिकाले ध्यान दिईरहेको छ शर्माले भने । सार्वजानिक जग्गा संरक्षण समिति बनाएको, नगरलाई सुरक्षित बनाउन सिसिटिभी जडान गरिएको, वडामा जाने मुख्य सडकहरु बन्ने क्रममा रहेको, खानेपानिलाई विशेष महत्व दिदै आगामी आर्थिक बर्षमा समेत थप रकम छुट्याउन लागिएको बताए । नगरले धेरै काम गर्छ तर सबै जनप्रतिनिधी, कर्मचारी नागरीकहरुले सहयोग गर्नु पर्ने नगर प्रमुख शर्माले बताए । 
    कार्यक्रममा उप प्रमुख रामदेबी तामाङले नगरमा रहेका महिला, दलित, जेष्ठ सदस्य, युवा र अपाङ्गको लागाी नगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको बताईन् । कृषि तालिम, आय आर्जनमुलक सिप मुलक तालिम लगायत रोजगारी मुलक कार्य गरिएको उनले बताईन् । कार्यक्रममा स्गावत मन्तब्य प्रशासकिय अधिकृत मदन कुमार बजगाईले राखेका थिए । कार्यक्रमको अध्यक्षता नगर प्रमुख टिपि शर्माले गरेका थिए ।