बनेपा/चैतन्य माध्यमिक विद्यालय बनेपामा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ । नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।
सोहि अवसरमा विद्यार्थीहरुलाई पाठ्यपुस्तक समेत वितरण गरिएको छ । नगर प्रमुख बादेले विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गर्दै शिक्षाको गुणस्तर बृद्धी र विद्यार्थीहरुलाई ब्यवहारीक र नैतिक शिक्षा उपलब्ध गराउनु पर्नेमा जोड दिए । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमु्ख श्याम सिंह धामीले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न अभिभावक, विद्यार्थी र विद्यालय परिवारले खेल्ने भूमिकाका बारेमा जानकारी गराएका थिए । वडा अध्यक्ष दानबहादुर मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयको शैक्षिक अवस्थाका बारेमा प्रधानाध्यापक नगिना कोख श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।









