2026 September 27/ 06:28: 57pm

    बनेपा/“अपाङ्गता समावेशी समाजको प्रवद्र्धन सामाजिक उन्नतिको सम्बद्र्धन भन्ने राष्टिय नाराका साथ अपाङ्गता भएका ब्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा पोर्टेज तथा पुनस्र्थापन संस्था नेपाल बाट बिशेष तथा समावेशी बिद्यालय र घरमा आधारित प्रारम्भिक शिक्षाका बिद्यार्थीहरुको दौड, बेलुन फुटाउने, टावर ढाल्ने, मकै भर्ने, बिष्कुट खाने लगायतका खेलकुद प्रतियोगिता, पुरस्कार प्रदानका साथै संस्थालाई सहयोग गर्नेलाई दोसल्ला र प्रशंसा पत्रबाट सम्मान  गरेको छ । 
    संस्थाका अध्यक्ष सुरथ बहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख आतित्थ्यता बागमती प्रदेश, सामाजिक विकास मन्त्री माननिय कञ्चनचन्द्र बादेले सबै प्रकारका अपाङ्गता बालबालिकाहरुलाई समेटेर बिगत लामो समय देखि नेपाल कै उदाहरणीय रुपमा गर्दै आएको कामको बारे आफु परिचित रहेको र कार्यक्रमलाई अझ सशक्त, प्रभावकारी तथा बिस्तारित गर्नमा आबश्यक छलफल गरेर सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । 
    संस्थाका उपाध्यक्ष श्रीकृष्ण घिमिरेले स्वागत मन्तब्य राखेका थिए भने संस्थाका निर्देशक मणिराज श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस, पोर्टेज छिटो प्रतिरोधात्मक कार्यक्रम, समावेशी शिक्षाको आबश्यक्ता र महत्व, संस्थाबाट संचालन भै रहेको कार्यक्रम, चुनौती लगायतका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा संस्थाबाट सेवा पाईरहेका बिद्यार्थीहरुबाट नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रम संस्थाका सचिव बलराम दाहाले गरेका थिए ।