2026 September 27/ 06:28: 56pm

    नाला/उग्रचण्डी भगवती देवानन्द सत्तल प्राङ्गणमा नाला उग्रचण्डी माताको मन्दिर, लायकु, द्योछेँ, भीमसेन स्थान आदि स्थानहरूमा बर्षभरी गरिने पूजा, अनुष्ठान पर्वहरुको वार्षिक कार्यक्रम दारु पूजा सम्पन्न भएको छ । 
    कार्यक्रम नाला उग्रचण्डी भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष सिद्धिबहादुर कर्माचार्यको सभापतित्वमा संचालन भएको थियो भने जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले पुजाको उद्घाटन गरेका थिए । नाला उग्रचण्डी भगवती गुठी ब्यवस्थापन समितिका सचिव सुनिल कर्माचार्यले दारु पूजाको शाब्दिक अर्थ, बर्षभरी गरिएका गतिविधिहरु आर्थिक गतिविधि विवरण समेत प्रस्तुत गरेका थिए  । समारोहमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागााई, बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठ, चामुण्डा मन्दिर संरक्षण तथा धार्मिक पर्यटन समितिका अध्यक्ष उदय केसी लगायतले शुभकानमा मन्तब्य राखेका थिए । कार्यक्रममा वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले नालामा भगवती मन्दिर निर्माण सम्बन्धमा स्थानीय वडा कार्यालयको तर्फबाट निरन्तर सहयोग गरिरहेको  बनेपा नगरपालिकाले पूजा पर्व संचालनको लागि नाला उग्रचण्डी भगवती गुठी ब्यवस्थापन समितिलाई रु १ लाख आर्थिक सहयोग र अनुदान उपलब्ध गराएको बताए । 
    कार्यक्रममा कार्यतालिका अनुसार उग्रचण्डी माताको मन्दिर, लायकु, द्योछेँ, भीमसेन स्थान आदि स्थानहरूमा बर्षभरी गरिने पूजा, अनुष्ठान पर्वहरु सम्पन्न गर्न विभिन्न क्षेत्र पक्षबाट सहयोग गर्ने, गुठी संस्थान केन्द्रीय कार्यालय, पुरातत्व विभाग, जिल्ला प्रशासन कार्यालय काभ्रपलाञ्चोक, सुरेन्द्र अमात्य, ईन्द्रबहादुर श्रेष्ठ, रामेश्वर सापकोटा, घ्वाङ देउला र गणेशलाल देउलालाई प्रमुख अतिथी दिपक प्रसाद गौतमले सम्मान गरेका थिए । कार्यक्रममा पुरातत्व विभाग भक्तपुर संग्रहालयका इन्जिनियर नाला भगवती मन्दिर निर्माणका फोकल ब्यक्तित्व यमुना महर्जनले नाला भगवती मन्दिर  निर्माणका बारेमा जानकारी दिएकी थिईन् ।  
     काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका प्रमुख आदरणीय दीपककुमार गौतमले नालामा दारु पूजा भन्नाले नाला भगवतीको धार्मिक कार्यक्रमहरुको वार्षिक समारोह, यसबाट नालालाई  ब्यापक प्रचार प्रसार गरी धार्मिक पर्यटकीय गन्तव्य बनाउनु पर्ने बताए । जिल्ला समन्वय समिति तीनै तहकै सरकारसँग समन्वय गरेर विकास निर्माण गर्न प्रतिबद्धता ब्यक्त गरेका थिए । गुठी ब्यवस्थापन समितिका अध्यक्ष सिद्धिबहादुर कर्माचार्यले माता भगवतीको अनुकम्पा सम्पूर्णमा आशिर्वाद प्राप्त भईरहोस भन्दै शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम कर्माचार्य समाज, काभ्रे छोरी बुहारी संघका सदस्य रजनी कर्माचार्यले सञ्चालन गरेकी थिईन् भने स्वागत मन्तब्य कर्माचार्य समाज काभ्रे शाखाका सदस्य रामेश्वर कर्माचार्यले राखेका थिए ।