2026 September 27/ 08:30: 13pm

    बनेपा/पतंजली योग समिति काभ्रे अन्र्तगत उद्योग वाणिज्य संघ योग साधना केन्द्रको सातांै वार्षिक उत्सव पतञ्जली योग समिति वागमती प्रदेश प्रमुख ग्रुबेन तौजलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, सदस्य दमनकुमार श्रेष्ठ, पतञ्जली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायस्थ, महिला अध्यक्ष ईन्दिरा तौजले, युवा अध्यक्ष रमेश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी गु्रबेन तौजलले योग सम्पूर्ण नागरिकहरुलाई अनिवार्य रहेको बताए । कार्यक्रमको सभापतित्व योग साधना केन्द्रका संयोजक केशब बन्जाराले गरेको सञ्चार प्रभारी मिलनभक्त श्रेष्ठले जानकारी दिए ।