2026 September 27/ 08:30: 14pm

बनेपा/श्रीकृष्ण प्रणमी यूवा परिषद् नेपाल प्रारम्भिक समिति बनेपाको आयोजनामा तथा नेपाल रेडक्रस सोसाईटी बनेपाको प्राविधिक सहयोगमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा बृहत्त रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 
    श्रीकृष्ण प्रणमी समितिले प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रमको उद्घाटन बनेपा नगरपालिका वडा नम्बर ९ की कार्यवाहक अध्यक्ष मनिषा तामाङले गरेकी थिईन् । कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल ईकाई बनेपाका अध्यक्ष हरिप्रसाद पराजुली, सचिव उद्ववप्रसाद तिमल्सिना, श्रीकृष्ण प्रणमी युवा परिषद् नेपाल प्रारम्भिक समिति बनेपाका अध्यक्ष दिनानाथ तिमल्सिना, वाइजुराज महिला समितिका अध्यक्ष अनिता गौतम, स्थानियबासी लगाएतको उपस्थिती रहेको थियो । 
    कार्यक्रममा समितिले समय समयमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जानकारी दिईएको थियो ।