2026 September 27/ 09:36: 47pm

    धुलिखेल/नेकपा एमाले धुलिखेल नगर कमिटीले नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन जिल्लाको धुलिखेलमा रहेको धुलिखेल अस्पतालबाट प्रथम सेवा केन्द्र हटाउने निर्णयको विरोध गर्दै तत्काल उक्त निर्णय सच्याउन अनुरोध गरेको छ । 
    स्वास्थ्य बीमा बोर्डले धुलिखेल अस्पताललाई प्रथम सेवा केन्द्रबाट हटाउँदै जिल्लाका पाँचवटा स्वास्थ्य केन्द्रलाई प्रथम सेवा केन्द्र तोकेको थियो । ति मध्ये खोपासीले बाहेक अन्यले सेवा दिएका छैनन् । सेवा प्राप्त नहुँदा विरामी विमित नागरिकहरु संकटमा परेको उल्लेख गर्दै तत्काल उक्त अब्यवहारीक निर्णय सच्याउन नेकपा एमाले धुलिखेल नगर कमिटीले सरकार, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बीमा बोर्डको ध्यानार्कषण गराएको अध्यक्ष विष्णु धितालले बताए । एक विज्ञप्ती जारी गर्दै अध्यक्ष धितालले नागरिकहरुले स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक र नैसंर्गिक हक अधिकारको समेत उल्लंघन गरी स्वास्थ्य बीमा कार्यक्रमको प्रथम सेवा विन्दु विना तयारी हचुवका बारेमा फेरवदल गरेको भन्दै तत्काल सच्याउन र धुलिखेल अस्पताललाई नै प्रथम सेवा केन्द्र तोक्न माग गरेको छ ।