नाला/नेपाल राष्ट्र बैकको ६४ औं स्थापना दिवसको अवसरमा साईकल ¥याली गरिएको छ । नेपाल राष्ट्र बैंकको कार्यालय थापाथलीबाट शुरु भएको साईकल रयाली बनेपा नगरपालिकाका उग्रचण्डी नालामा आई समापन गरिएको थियो ।
७ सय भन्दा धेरै साईकल यात्रीहरु -यालीमा सहभागि भएका थिए । विहान ८ बजे शुरु भएको -याली नाला आईपुग्दा १२ बजेको थियो । बैकका वित्तिय साक्षरता बढाउने अभियान अन्र्तगत नेपाल राष्ट्र बैंकले स्थापना दिवसको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरेको हो । नालामा सोहि क्षेत्रका विभिन्न सहकारीहरु तथा जिल्लामा रहेका विभिन्न बैंकहरुले सहभागिता जनाएका थिए । -याली पछि वित्तिय साक्षरता सम्वन्धी कक्षा संचालन गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर, डिपुटी गर्भनरहरु सहभागी थिए । नालामा आईपुगेको साईकल यात्रीहरुलाई स्थानीय विद्यालयका विद्यार्थी तथा शिक्षकहरु, सहकारीहरु, राजनीतिक दल, जनप्रतिनिधिहरु, स्थानीय क्लब तथा बुद्धिजीवीहरुले सगुन सहित स्वागत गरेका थिए । स्वागत तथा सत्कारको ब्यवस्थापन उग्रचण्डी नाला समाज, बनेपा नगरपालिका वडा नम्वर ३ र ४ ले गरेको वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले जानकारी दिए ।









