2026 September 27/ 10:37: 26pm

       बनेपा/बनेपामा रहेका मासु पसलको अनुगमन गरिएको छ । पसु सेवा कार्यालय काभ्रेको आयोजनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उद्योग वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति तथा बनेपा नगरपालिका र काभ्रे उद्योग वाणिज्य कार्यालयको समन्वयमा मासु पसलहरुको अनुगमन गरिएको हो ।
         स्वस्थ मासु उत्पादन, भण्डारण र विक्रिवितरणलाई ध्यान दिँदै सुझावमा केन्द्रित अनुगमा गरिएको पशु सेवा कार्यालय काभ्रे प्रमुख डा. सृजा वाग्लेले जानकारी दिइन् । मासु एकै ठाउँमा भण्डारण गरेको, मासु काट्ने औजारको सरसफाईमा ध्यान नदिइएको, मूल्य सुची नराखिएको लगायतका कमजोरी भेटिएको उनले बताइन् ।
          पटक–पटक सचेत गराउँदा पनि अटेर गरे कानुन अनुसार कारवाही गर्ने उनको भनाई छ । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेल प्रमुख मनिषा चापागाँई, उद्योण वाणिज्य कार्यालय काभ्रे प्रमुख सिताराम घिमिरे, जिल्ला समन्वय समितिका शाखा अधिकृत भरत सापकोटा, जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत कृष्ण प्रसाद सापकोटा, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र वैदार, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष माधव श्रेष्ठ, बनेपा नगरपालिका पशु शाखा अधिकृत रामसुन्दर सापकोटा लगायतको उपस्थिति रहेको थियो ।