धुलिखेल/चौतर्फी दबाबका बाजुत पत्रकार अर्जुन गिरी रिहाई भएका छन् । नेपाल पत्रकार महासंघले देशभर गरेको आन्दोलनको दबाबका बाबजुत पत्रकार गिरी विहिबार रिहाई भएका हुन् ।
समाचार लेखेका आधारमा प्रहरीले उनलाई पक्राउ गरी विद्युत्तिय कारोवार ऐन अन्र्तगत कारवाही गरेको थियो । पत्रकार महासंघले देशभर विहान एक घण्टा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिई पत्रकार रिहाईका लागि दबाब दिएको थियो । साथै संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेजको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । जिल्लामा पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा एक घण्टा धर्ना कार्यक्रम आयोजना गरिएको थियो ।
धर्ना कार्यक्रममा जिल्लाका कृयाशिल पत्रकारहरु, सल्लाहकार, जिल्ला कार्य समितिका पदाधिकारीहरु सहभागि थिए । धर्ना पछिको कार्यक्रममा सल्लाहकार भोजराज तिमल्सिना, प्रदेश ३ उपाध्यक्ष यदुनाथ गौतम, जिल्ला अध्यक्ष मोतीराम तिमल्सिनाले तत्काल पत्रकार रिहाईको माग गर्दै स्वतन्त्र प्रेसको सम्मान गर्न आग्रह गरेका थिए ।









