2026 September 29/ 12:57: 17am

    बनेपा/स्पाईनल ईन्जुरी संघ कोशी प्रदेश इटहरी सुनसरीको आयोजनामा २०८२ बैशाख २६ र २७ गते आयोजना गरिएको प्रदेश स्तरीय पुरुष ह्वीलचियर बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । 
    प्रतियोगितामा बागमती प्रदेश समुह चरणको तीन खेलमा लुम्विनी प्रदेश र सुदुरपश्चिमलाई पराजित गर्दै समुहको उपविजेता बनी सेमिफाईनलमा प्रवेश ग-यो । सेमिफाईनल खेलमा गण्डकी प्रदेशसँग पराजि भई कोशी प्रदेशलाई पराजित गरी बागमती प्रदेश तेश्रो हुन सफल भयो । प्रतियोगितामा कर्णाली प्रदेश प्रथम भयो भने गण्डकी प्रदेश दोश्रो हुन सफल भयो । बागमती प्रदेश तेश्रो भयो । 
    प्रदेश खेलकुल परिषद् बागमतीले उक्त प्रतियोगितामा सहभागिताका लागि अनुमति प्रदान गरेको थियो । प्रतियोगितामा सहभागिताका लागि खेलाडी, प्रशिक्षाक र सहयोगीहरुको सहभागिताका लागि स्पाईनल ईन्जुरी संघ कोशी प्रदेशलाई प्रतियोगिता तथा खेलकुद शाखाका प्रमुख दुर्गाप्रसाद दुलालले पत्र लेखेका थिए । वागमती प्रदेशका तर्फबाट प्रतियोगितामा क्याप्टेन डम्बरबहादुर मगर थिए भने कृष्ण थापा, विराज भट्ट, रोहितकुमार श्रेष्ठ, महेश्वर थापा, दिपक तिमल्सिना, वेगबहादुर तामाङ, लक्ष्मण मगर खेलाडीका रुपमा सहभागि भएका थिए भने रविन खत्री प्रशिक्षक र विक्रम थापा मगर सहयोगी थिए ।