2026 September 28/ 04:07: 02am

        बनेपा/विश्व हिन्दु महासंघ बनेपा नगरको आयोजनामा चण्डेश्वरी मन्दिर परिसरमा रहेको हर्ष नारायण कर्माचार्यको घरमा १ दिने धार्मिक प्रवचन एवं सत्संग समारोह सम्पन्न गरेको छ ।
        नेपाल महर्षि बैद्धिक फाउण्डेशनका प्रवक्ता भरतराज पौडेलको प्रमुख आतिथ्यतामा तथा विश्व हिन्दु महासंघ बनेपा नगर समितिका अध्यक्ष सिद्धिबहादुर कर्माचार्यको सभापतित्वमा प्रवचन संचालन भएको थियो । समारोह बिश्व हिन्दु महासंघ बनेपा नगर समितिका सचिव श्रीकृष्ण घिमिरेले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रममा विश्व हिन्दु महासंघ बागमती प्रदेशका सचिव अर्जुन सापकोटा, विश्व हिन्दु महासंघ काभ्रेका उपाध्यक्ष तथा मातृशक्ति बिभागका प्रमुख मन्जु घिमिरे लगाएतले विश्व हिन्दु महासंघबारे मन्तब्य राखेका थिए । समारोहले बैदिक सनातन, परम्परागत हिन्दु धर्मको रक्षार्थ बिशेष भूमिका निर्वाह गर्नु पर्ने निक्र्योल गरिएको थियो । समारोहमा विश्व हिन्दु महासंघका पदाधिकारीहरु, सदस्य लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।