2026 September 28/ 08:43: 19am

धुलिखेल/शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकले माध्यमिक तह तृतिय श्रेणीका शिक्षकहरुको नियुक्ति तथा पदस्थापनका लागि स्थानीय तह छनौट गर्ने सम्वन्धी सूचना प्रकाशन गरेको छ । 
    इकाई प्रमुख, उपसचिव देवका ढकालले जारी गरेको सूचनामा जिल्लामा सिफारिस भएका विभिन्न विषयका १८ शिक्षकहरुले शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, अध्यापन अनुमति पत्र, शिक्षा नियमावलीको अनुसुची १४ बमोजिमको निरोगिताको प्रमाणपत्रको सक्कल, प्रवेश पत्र र शिक्षा नियमावलीको अनुसुची १५ बमोजिमको सपथ ग्रहण लिएर कार्तिक २५ गतेसम्म स्थानीय तह तथा विषयगत दरवन्दीको अधीनमा रही आफुले जान चाहेको पालिकाको प्राथमिकता क्रम निर्धारण गरी तोकिएको ढाँचाको निवेदन सहित फाईल पेश गर्न सूचना प्रकाशन गरिएको छ । 
    काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा लेखाका एक शिक्षक, नमोबुद्ध नगरपालिकामा अंग्रेजी र गणीत विषयका एक÷एक शिक्षक, तेमाल गाउँपालिकामा नेपाली विषयका १ शिक्षक, पनौती नगरपालिकामा गणित विषयका एक शिक्षक, चौरीदेउराली गाउँपालिकामा विज्ञान विषयका १ र गणित विषयका ३ शिक्षक, खानिखोला गाउँपालिकामा गणित २ र सामाजिक विषयका १ शिक्षक, महाभारत गाउँपालिकामा विज्ञान विषयका १ शिक्षक, भुम्लु गाउँपालिकामा विज्ञान र गणित विषयका एक÷एक शिक्षक र बेथान्चोक गाउँपालिकामा अंगेजी, विज्ञान, गणित विषयका एक÷एक शिक्षक सिफारिस भएका छन् । जिल्लामा अंगेजी विषयका २, विज्ञान विषयका ४, गणित विषयका ९, नेपाली विषयका १, लेखा विषयका १ र सामाजिक विषयका १ शिक्षक गरी १८ शिक्षक सिफारिस भएका हुन् ।