2026 September 28/ 10:39: 26am

        बनेपा/काभ्रे जेसिज, काभ्रे महिला लेडिज जेसिज र बनेपा जुनियर जेसिजको संयुक्त आयोजनमा संचालन भएका वर्ष २०२४ का समुदायमा जेसिजका कार्यक्रमहरुको समापन गरिएको छ । 
       काभ्रे जेसिजका अध्यक्ष रिकेश सैंजुको सभापति भएको कार्यक्रममा स्वागत मन्तब्य काभ्रे लेडिज जेसिजकी अध्यक्ष सविता बज्र्रचार्यले राखेकी थिईन् । कार्यक्रममा वर्ष २०२४ मा समुदायमा जेसिज अन्र्तगत रक्तदान, ट्राफिक सचेतना, सरसफाई, बृक्षारोपण, चित्रकला, वक्तृत्कला, साईबर क्राईम सम्बन्धी सचेतना, संस्कृतीको संरक्षण सम्बन्धी सचेतना लगायतका थुर्पै सामाजिक कार्यहरु गर्दै आएको रिकेश सैजुले बताए । जेसिजले बनेपाको सबैभन्दा पुरानो नृत्य राजारानी नाच, नेवारी बाजा, संस्कृतिको संरक्षण सम्बन्धी कार्य गर्दै आएको सैंजुले बताए । समापन कार्यक्रममा बागमती प्रदेशका सांसद् कन्चनचन्द्र बादेको प्रमुख आतिथ्यता रहेको थियो । बादेले जेसिज एउटा सामजिक अभियानको खम्बा भएको बताए । जेसिजले स्थानीय सरकारसँग समन्वय गरी अझै धेरै सामाजिक कामहरु गर्न सक्ने बताए । जेसिजले सामाजिक काम मात्रै नभई नेतृत्व विकास समेत गरेको बादेले बताए । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, नेकपा एमाले जिल्ला कमिटी उप सचिव रत्नकुश रञ्जित, बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी विभिन्न सघंसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा सहयोग गर्ने सघं संस्थालाई सम्मान गरिएको थियो भने नेवारी साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।