2026 September 28/ 12:51: 40pm

    बनेपा/श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल बागमती प्रदेश अन्तर्गत जिल्ला कार्य समितिको ११ औं अधिबेशन तथा ३४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ सभाले प्राणनाथ सापकोटाको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । 
    अधिबेशनबाट उपाध्यक्षमा राजन आचार्य र विष्णुहरी हुमगाई, सचीव सन्तोष बजगाई, सह–सचीव दिपक तिमल्सिना, कोषाध्यक्ष सन्दिप थापा, सह कोषाध्यक्ष अर्जुन दाहाल रहेका छन् । सदस्यहरुमा सम्झना दाहाल, सरोज हुमगाई, निरोज ढुङ्गाना, रमेश घोरसाईने चयन भएका छन । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल केन्द्रिय अध्यक्ष जगदीश चन्द शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा श्रीकृष्ण प्रणामी समाज काभ्रेका आध्यात्मिक प्रबक्ता शास्त्री सुदर्शन तिमल्सिना, धर्मप्रचारक शास्त्री पुरुषोत्तम खतिवडा, श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय उपाध्यक्ष कौशल फुँयाल, महासचिव सुजन सुवेदी, कोषाध्यक्ष कमलकृष्ण केसी, सह–कोषाध्यक्ष उमेश प्रधान, केन्द्रिय सदस्यहरु राजकुमार आचार्य, दिपक कार्की, मोहनमुकुन्द हुमागाई, बागमती प्रदेश अध्यक्ष बलराम बजगाई, सचिव उदबप्रसाद तिमल्सिना, कोषाध्यक्ष राधेश्याम गजुरेल, सदस्य सुमित बजगाईको उपस्थिति रहेको थियो । कार्यक्रममा श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपालका केन्द्रिय सदस्य सरिता थापा, प्रणामी सिङ्गिङ आईकोनका निर्देशक नवीन कुमार तिमल्सिना, वरिष्ठ फोटोग्राफी संजय मुडबरी, गायिका निशु ढकाल लगायतको सहभागिता रहेको थियो । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल उपत्यका सहितका ६ जिल्ला समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्यसमितिका १७ वटा प्रा.स का प्रतिनिधिको सहभागिता रहेको थियो ।