2026 September 29/ 04:09: 34pm

बनेपा/गुरु पूर्णिमाको अवसरमा जिल्लामा विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरिएका छन् । पनौती ५ श्रीखण्डपुरमा रहेको विन्ध्यबाविसनी आध्यात्मिक प्रतिष्ठानले तेश्रो बार्षिकोत्सव तथा गुरु पुजनोत्सव एवं चतुर्थ आश्रम प्रवेशका अवसरमा संस्थाका संस्थापक परमाध्यक्ष स्वामी निःशेषानन्द गिरी जी महाराजको सार्वजनिक अभिनन्दन गरिएको छ । 
    संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, वडा अध्यक्ष विनोद खत्री, संस्थाका पदाधिकारीहरु प्रदिप थापा, उद्धव तिमल्सिना, शिवप्रसाद तिमल्सिना, हरिकृष्ण तिमल्सिना, रामप्रसाद तिमल्सिना, सल्लाहकार भोला केसी लगायतका पदाधिकारी तथा विन्ध्यबासिनी आध्यात्मिक प्रतिष्ठान, मातृशक्ति समुह, जेष्ठ नागरिक मिलन केन्द्र लगायतका संघ संस्थाका पदाधिकारी तथा स्थानीयहरुले गुरुपुजनोत्सवमा अभिनन्दन गरेका थिए । सोहि अवसरमा संस्थाले विभिन्न अवसरमा गरेका गतिविधिहरुका बारेमा जानकारी गराईएको थियो । सोहि क्षेत्रमा निर्माण भएका संरचना निर्माण तथा गुरुकुल संचालनका बारेमा भएका प्रगतिका बारेमा जानकारी गराईएको थियो । गुरुकुलमा संस्कृत, नेपाली र अंग्रेजी भाषबाट पाठ गराईदै आएको छ ।