2026 August 01/ 09:30: 12am

जमुना सापकोटा/रयाले
    पनौती नगरपालिका कृषि विकास कार्यक्रम अन्र्तगत वडा नं. १ को पर्खालचौरमा निशुल्क माटो परीक्षण शिविर सम्पन्न भएको छ । 
    शिविरको उद्घाटन पनौती नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले गरेका थिए । सापकोटाले माटोको गुणस्तरमा कमी आएको र उत्पादन घट्दै गएकाले माटो परीक्षणको आवश्यकता महशुस भएकोले कृषको माग अनुसार कार्यक्रमको आयोजना गरिएको बताए । शिबिरबाट रयालेका किसानहरुले फाईदा लिन सक्ने भएकाले शिविरको उपयोगीताका बारेमा समेत उनले जानकारी गराएका थिए । शिविरमा पाँचखाल नगरपालिकाका कृषि प्राबिधिक तथा माटो परिक्षण प्राबिधिक रामेश्वर श्रेष्ठ, पनौती नगरपालिका कृषि शाखाका बाली संरक्षण अधिकृत सम्झना लिंखा, कृषि प्राबिधिक शर्मिला कार्की, सहजकर्ता ऋतुकुमार सापकोटाले माटो परीक्षण तथा कृषकहरुलाई परामर्श दिएका थिए । शिविरमा कृषकहरुको सक्रिय सहभागिता रहेको थियो ।