2026 April 20/ 04:37: 23am

    बनेपा/बनेपा नगरपालिका वडा नं. १४ को सागाँमा कृषि विश्व विद्यालय बन्ने भएको छ । ३ नं प्रदेश भौतिक तथा योजना मन्त्रालयले विश्वविद्यालयको सम्भाब्यता अध्ययन शुरु गरेको हो । 
    साँगामा १ सय ३९ रोपनीमा बन्ने विश्व विद्यालय भौगोलिक राजधानीबाट नजिकै ३ नं प्रदेशको सेन्टर भागमा रहेकोले उक्त ठाँउमा उपयुक्त हुने प्रदेश सांसद बसुन्धरा हुमागाईले बताए । क्याम्पसको गुरुयोजना तयार गर्नको लागी ३० लाख रुपैयाँ मन्त्रायलले छुट्टयाई सकेको बताए । सम्भाव्यताको प्रतिबेदन मन्त्रालयमा बुझाए पछि गुरुयोजनाको काम अगाडी बढ्ने र त्यसका लागी कन्लटेन्सी समेत छनौट भैसकेको छ । सम्भाब्यता अध्ययनका लागी प्रदेश सांसद बसुन्धरा हुमागाई, जिल्ला समन्वय प्रमुख उद्धब केसी, बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, ३ नं प्रदेश भौतिक तथा योजना मन्त्रालयकी रमा मानन्धर, बनेपा नगरपालिकाका शिक्षा शाखा प्रमुख शिबराज त्रिपाठी, नगरपालिकाका प्रेस सल्लाहकार लक्ष्मण तिमल्सिना लगायतको टोलीले उक्त ठाउँको निरीक्षण गरेको थियो ।