2026 September 29/ 10:03: 21pm

पनौती/जिल्ला कृषि विकास कार्यालय काभ्रेको अनुदान सहयोगमा सक्रिय महिला कृषि सहकारी संस्था लिमिटेड पनौती ८ काभ्रेले २ सय भन्दा धेरै कृषकहरुलाई ब्यवसायीक खेतिका लागि विभिन्न सामाग्री उपलब्ध गराएको छ । 
    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले कृषकहरुलाई प्रविधी तथा तालिमका लागि विभिन्न संघ संस्थाबाट भएका प्रयासलाई सक्रिय महिलाले थप पहलकदमी लिएकोमा बधाई तथा शुभकामना दिए । सक्रिय महिला कृषि सहकारीले कृषक महिलाहरुका लागि विभिन्न समयमा उपकरण तथा विउविजन र सिप उपलब्ध गराउँदै आएको अध्यक्ष सुमित्रा आचार्य बञ्जाराले बताईन् । ‘कृषि विकास कार्यालयको प्रोत्साहन अनुदान रकम ५ लाख ९८ हजार ४ सय रुपैया र संस्थाको लागत साझेदारी रकम ४ लाख ६९ हजार ६ सय रुपैया मार्फत ब्यवसायिक तरकारी खेती प्रर्वद्धन शुरु गरिएको छ’–अध्यक्ष सुमित्रा बञ्जाराले भनिन–‘३.५ हेक्टरमा २ सय जना कृषकहरुलाई गोलभेडाको विउ ३ सय २५ प्याकेट, प्लास्टिक टनेल ९ हजार बर्ग मिटर (९० जिएसएम), ६० वटा स्प्रेयर इलेक्ट्रिक पम्प )१८ लिटर क्षमताको), लहरे तरकारीको बिउ ३ सय प्याकेट र एउटा इनार निर्माण गरिनेछ ।’ 
    कार्यक्रममा कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले बागमती प्रदेश सरकारले ब्यवसायीक तरकारी खेतिका लागि प्रर्वद्धन कार्यक्रम अन्र्तगत विभिन्न संस्थालाई अनुदान रकम उपलब्ध गराउने क्रममा सक्रिय महिला कृषि सहकारीलाई अनुदान उपलब्ध गराईएको बताए । प्राप्त अनुदानलाई सदुपयोग गरी ब्यवसायीक खेति प्रर्वद्धनमा सहयोग पु¥याउने उदेश्य अनुरुप साझेदारी कार्यक्रम शुरु गरिएको उनले बताए । कार्यक्रममा वडा अध्यक्ष बेदप्रसाद बञ्जारा, भिमसेन आचार्यले स्थानीय कृषकहरुलाई सहयोग पु¥याउने उदेश्यले संचालित उक्त कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।