2026 September 29/ 09:49: 00am

२० औ सभा सम्पन्न
    बनेपा/बनेपामा रहेको काँठु गणेश बचत तथा ऋण सहकारी संस्थाको २० औ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष त्रिरत्न राजबाहकको अध्यक्षता तथा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
     सभामा संस्थाका बरिष्ठ सल्लाहकार योगेन्द्रनाथ कर्माचार्य, वडा अध्यक्ष हिटलर शाक्य, जिलल सहकारी संघकी संचालक मञ्जु घिमिरे, काभ्रेपलाञ्चोक जिल्ला बचतका उपाध्यक्ष सागरनाथ कपाली, नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सभापति रघुनाथ हुमागाई, सल्लाहकार महेन्द्र कारञ्जित लगायतले शुभकामना ब्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष इन्द्रलाल मानन्धर, सचिव यशुराम राजबाहक, कोषाध्यक्ष निर्मल मुस्याजु, लेखा संयोजक दिपेन्द्र श्रेष्ठले संस्थाको प्रतिवेदनहरु प्रस्तुत गर्नु भएको थियो । शेयर पुँजी १ करोड ७५ लाख २७ हजार ६ सय रहेको ब्यवस्थापक सुजन मानन्धरले जानकारी दिए । 
    अधिबेशनको बन्द सत्रले हरिगोपाल मानन्धरको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । समितिको उपाध्यक्ष इन्द्रलाल मानन्धर, सचिव दिपेन्द्र श्रेष्ठ र कोषाध्यक्ष निर्मल मुस्याजु रहेका छन् । त्यस्तै सदस्यहरुमा न्हुच्छेलाल मानन्धर, ओमप्रकाश नकर्मी, यशुराम राजबाहक, रविन्द्रप्रसाद मानन्धर, दिपिका कारञ्जित रहेका छन् । लेखा सुपरिवेक्षण समितिमा संयोजक राममाया मानन्धर र सदस्यहरुमा श्यामकृष्ण राजबाहक, समिर भैल रहेका छन् ।