2026 September 29/ 09:47: 36am

धुलिखेल/कानुनी अनुसन्धान समाज नेपाल, धुलिखेलले इजरायलमा सम्पर्कविहीन भएका विपिन जोशीको उद्धारका लागि परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गरेका छन् ।
    समाजका अध्यक्ष आयुष बडालले मन्त्रीलाई सम्बोधन गरेर जारी गरिएको पत्र बुझाउदै उपाध्यक्ष अनुज्ञा उप्रेती सहितको टोलिले विपिन जोशीलाई अविलम्ब उद्धार गरि नेपाल फर्काउनका लागि पहल गर्न परराष्ट्र मन्त्री एन.पि साउदसंग माग गरेका छन्। सो भेटघाटको क्रममा मन्त्री साउदले जोशीको खोजीकार्य भइरहेको र यथाशीघ्र उद्धार गर्ने प्रतिबद्धता दिनुभएको जानकारी प्राप्त भएको छ । इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासले आक्रमण गर्दा कञ्चनपुरका विपिन सम्पर्कविहीन भएका छन् । उनीसँगैका विद्यार्थीहरूलाई भने सरकारले उद्धार गरेर नेपाल ल्याइसकेको छ । उनका साथीहरूले हमासले गिरफ्तार गरेको बताए पनि उनको बारेमा वास्तविकता खुलेको छैन ।