2026 September 30/ 02:08: 26pm

श्रीखण्डपुर/विन्ध्यावासिनी आध्यात्मिक प्रतिष्ठानको दोस्रो साधारण सभा स्वामी निशेषानन्द महाराजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको उक्त सभामा प्रतिष्ठानले १ वर्ष भरिमा गरेका कार्य तथा प्रगतीहरु प्रस्तुत गर्नु भएको थियो । प्रतिष्ठानले २०७९ असार १५ बाट गुरुकुल स्थापना गरी हाल उक्त महर्षि मुदुगल सान्दीपनि गुरुकुलमा ११ जना बटुकहरुले अध्यन गरिरहेको, भवन निर्माण कार्य सम्पन्न, वार्षिक उत्सवका अवसरमा सप्ताह सम्पन्न लगायतका मन्दिरमा नियमित पुजा सञ्चालन गर्दै आएको तिमल्सिनाले बताउनु भयो । प्रतिष्ठानको आर्थिक प्रतिबेदन कोषाध्यक्ष राघब सिंह थापाले प्रस्तुत गर्नु भएको थियो । सभामा पनौती नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विनोद खत्री, उपाध्यक्ष प्रदिप थापा, लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सभामा स्वागत मन्तब्य दिपक दाहालले गर्नु भएको थियो भने सञ्चालन सचिब रामप्रसाद तिमल्सिनाले गर्नु भएको थियो ।