2026 August 11/ 04:20: 46am

         बनेपा/पिपुल्स बचत तथा क्रण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारणसभा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष उदयराम कायस्थको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
           सभामा प्रमुख अतिथी कायस्थले वास्तविक सहकारीले राम्रो काम गरिहेको तथा केहि सहकारीहरुले गरेका कर्जा लागानी असुरक्षित हुन गई समस्या देखा परेकोमा कर्जा सूचना केन्द्रको महत्व भएको बताउनु भयो । कायस्थले सबै सहकारीहस्लाई एउटै रुपमा नर्हेन र सहकारीहरु चिनेर मात्र कारोबार गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा बिन्धबासिनी साकोसका संचालक सदस्य प्रकाशबहादुर कायस्थ, सामुदायिक साकोसका सचिव मुकुन्द शर्मा वाग्ले, चण्डेश्वरी साकोसका उपाध्यक्ष रमेश काजी श्रेष्ठ, मनकामना साकोस अध्यक्ष बालकृष्ण दाहाल, बुडोल सामुदायिक साकोस उपाध्यक्ष प्रेम नाथ कोइराला लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सभामा संस्थाको आर्थिक बर्ष २०७९÷८० को  कुल वासलात ३१ करोड ५३ लाख ८४ हजार, शेयर पूजीं रु.२ करोड ८४ लाख ५५ हजार, निक्षेप २५ करोड ५८ लाख ११ हजार, कर्जा लगानी २३ करोड १८ लाख २८ हजार र जगेडा कोष १ करोड ४७ लाख ९० हजार, ऋण व्यवस्थापन तथा अन्य कोष १ करोड  ९ लाख  र शेयर सदस्य एवं बाल बचत कर्ता समेत ६ हजार १ सय २३ जना  रहेको जनाएको थियो । 
           सभामा संस्थाको सल्लाहकारमा हरिभक्त कायस्थलाई चयन गरिएको जनाएको थियो भने  । सहकारीको बार्षिक उत्कृष्ट विधा अन्र्तगत उत्कृष्ट कर्मचारीमा प्रबन्धक नवराज सापकोटालाई सम्मान गरिएको थियो  । साधारण सभा संस्थाका अध्यक्ष निरन शाक्यको सभापतित्व रहेको थियो ।