2026 September 30/ 05:16: 27pm

    बनेपा/रोटरी क्लव अफ काभ्रे भ्याली अन्र्तगतको रोट्रयाक काभ्रेको दोश्रो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बनेपामा आयोजित कार्यक्रममा युवाहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा रोटरी क्लवले गरिरहेका सामाजिक कृयाकलाप र युवाहरुको भूमिकाका सन्र्दभमा जानकारी गराईएको थियो । 
    रोटरी क्लव अफ काभ्रे भ्यालीका अध्यक्ष रिकेश कायस्थको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रममा २०२३ का लागि निर्वाचित अध्यक्ष सन्तोष तामाङलाई २०२२ की अध्यक्ष अस्मिता उलकलाई पद हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा रोटरी क्लव अफ काभ्रे भ्यालीका संस्थापक अध्यक्ष अनुपकुमार श्रेष्ठ, रोट्रयाकका केन्द्रिय अध्यक्ष रोशन कार्की, प्रदेश स्तरीय अध्यक्ष सञ्जिव तामाङ लगायतले रोटरी क्लव त्यस अन्र्तगतका क्लवहरुले खेल्ने भूमिकामा युवाहरुको सहभागिताका बारेमा चर्चा गरेका थिए । ब्यक्तिलाई कसरी सामाजिकीकरण र समुदायमा घुलमिल गर्न तथा समुदायका हरेक समस्यासँग जिम्मेवारी बनाउन सकिन्छ भन्ने सोचलाई स्थापित गर्दै मानव भएर जन्मिएसँगै समुदायलाई केहि योगदान पु¥याउन समेत उर्जा प्रदान रोटरीले गरिरहेको उहाँहरुले बताउनु भयो । पदस्थापन कार्यक्रममा निर्वाचित कार्य समितिका पदाधिकारीहरुले जिम्मेवारी सम्हाल्नु भएको थियो । 
    यस अघी रोटरी क्लव अफ काभ्रे भ्यालीको पदस्थापन कार्यक्रम सम्पन्न भएको थियो भने शनिबार रोटरी क्लव अफ धुलिखेलको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।