2026 April 20/ 01:09: 58am

    शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकलाई स्थायी गर्न गत असार २९ र ३० गते लिएको परीक्षामा असफल हुने शिक्षक स्वत अवकाश हुने कुराले देशभर शैक्षिक क्षेत्रमा ठूलो तरङ्ग ल्याएको समयमा पुनरुत्थानवादी शक्ति नेपालले अस्थायी शिक्षकको रोजगारी बचाउन कडा संर्घष गर्ने बताईएको छ ।
    अस्थायी राहत शिक्षक केन्द्रीय समितिको आयोजनामा काठमाडाँैको भद्रकालीमा जम्मा भएका अस्थायी शिक्षकहरुको भेलालाई शिक्षक नेताहरुको सम्वोधन पछि बर्षौँ देखि अस्थायी शिक्षकको तर्फबाट वकालत गर्दै आएका अधिवक्ता कोषराज काफ्लेले सम्बोधन गरेका थिए । भेलालाई सम्वोधन गर्ने क्रममा अधिवक्ता काफ्लेले अस्थायी शिक्षकले सर्वाेच्च अदालतमा दायर गरी संवैधानिक इजलाशमा विचाराधीन १ दर्जन मुद्दामा माघको १६ गते अन्तिम बहसको लागि पेशी तोकिएको जानकारी दिए । विभेदकारी शिक्षा ऐनको आठाँै तथा नवौँ संशोधन बदर गर्न, अस्थायी शिक्षकलाई स्थायी गर्ने संवैधानिक परीक्षणमा रहेको  कानुन अन्तर्गतको विज्ञापन तथा परीक्षा बदर गर्न, लाइसेन्स तथा शिक्षा विषयसँग जोडिएका कानुन बदर गर्न अस्थायी शिक्षकले सर्वाेच्च अदालतमा दायर गरी कारण देखाउ आदेश समेत जारी भई मुद्दाहरु विचाराधीन हुँदा हुँदै शिक्षक सेवा आयोगले संवैधानिक विवादित कानुन अन्तर्गत परीक्षा सञ्चालन गर्ने तथा नतिजा प्रकाशन गर्नु गलत भएको टिप्पणी गरेका थिए ।
    भद्रकालीमा भएको अस्थायी शिक्षकको भेलामा पुनरुत्थानवादी शक्ति नेपालको प्रेश विज्ञप्ती वाचन गरिएको थियो । अस्थायी शिक्षकका मुद्दामा बहस गर्दै आएका अधिवक्ता माधब प्रसाद पन्तले शिक्षक मासिक पत्रिका २०७५ माघ अँकको पेज नं. ४२ देखि ४५ सम्म अस्थायी शिक्षक समस्या सम्बन्धी लेख प्रकाशित भएकाले अस्थायी शिक्षक व्यवस्थापन समस्याबारे वास्तविक र  विस्तृत कुरा थाहा पाउनको लागि उक्त लेख अध्यययन गरिदिनुहुन अनुरोध गरेका थिए ।