2026 April 20/ 01:10: 14am

    पनौती/उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लि. पनौतीको १२ औं स्थापना दिवस पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।
    कार्यक्रममा न्यौपानेले नगरपालिकाले नगरका युवा, कृषक र श्रमिकहरुलाई आत्मनिर्भर बनाउनका लागि भैसी सुत्केरी, संयुक्त कृषिमा लगानी र युवा स्वरोजगार तालिम प्रदान गरेको वताए । नगरका सबै ब्यबसायीहरुलाई ब्यबसाय नगरपालिकामा दर्ता गरी ब्यबसाय सञ्चालन गर्न आग्रह गरे । न्यौपानेले नगरले १२ वटै वडामा संयुक्त युवाहरुको सहभागितामा फर्म सञ्चालन गरी युवालाई ब्यबसायीक बनाउन लागिएको हुदाँ फर्म दर्ता गरी नगरपालिकामा आउन आग्रह गरे । नगरले शिक्षा, स्वास्थ्य कृषिमा काम गरिरहेकाले त्यसको परिणाम तत्काल नआउने तर ढिला भएपनि प्रतिफल रामै आउने भएकाले नगरवासीहरुलाई नगरका आयोजनामा सहयोगी बन्न आग्रह गरेका थिए । उद्यम विकास सहकारीलाई पनि विकासका योजना ल्याउन र त्यसलाई नगरपालिका सहयोग गर्ने बताए । सदस्यहरुलाई आत्मनिर्भर बनाउन सहकारीको सामाजिक दायित्व भएकाले ठुला र नयाँ योजना ल्याउन आग्रह गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य संस्थापक अध्यक्ष सनत सापकोटाले राखेका थिए । ३० जना युवाहरु मिली ३ हजार रुपैयाबाट शुरु गरिएको संस्था अहिले ३ हजार सदस्य र ३० करोडको कारोबार गर्न सफल भएको वताएका थिए । बेरोजगार युवाहरुलाई रोजगारी दिने उदेश्यले संस्था सञ्चालन गरिएकाले स्थापना दिवसको अबसरमा १३ जना उत्कृष्ट कारोबार गरी ब्यबसाय सञ्चालन गर्ने सदस्यहरुलाई नगद ३ हजार सहित सम्मान गरिएको थियो ।
    सम्मानित हुने सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, निरोज ढुङ्गाना, टिकामाया तामाङ, टिकानारायण मानन्धर, रमेश सापकोटा, सविना थापा, सुवाल सिं तामाङ, दुर्गा परियार, दिनेशराज उपाध्यय, श्रीकृष्ण बस्नेत, अर्जुन सापकोटा र सुर्यबहादुर स्याङतानलाई सम्मान गरिएको थियो । कार्यक्रममा सस्थाका अध्यक्ष रोशन श्रेष्ठले सस्थाले समाजमा छरिएर रहेको पुजींलाई एकीकृत गरी सदस्यहरुको हितमा काम गरेको बताएका थिए । सदस्यहरुले नाङ्गलो ब्यबसाय देखी  करोडको ब्यबसाय गर्ने शेयर सदस्यहरुका लागि समेत संस्थाबाट समेटिएको बताएका थिए । संस्थालाई सञ्चालकले घर पछिको दोस्रो घर सम्झेर काम गरेकाले सस्थाले थोरै समयमा प्रगती गर्न सफल भएको थियो । कार्यक्रम सञ्चालन सचिब  ऋषि सापकोटाले गरेका थिए ।