बनेपा/जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाको समन्वयमा सडकमा सवारी चलाईरहने चालक तथा सह चालकहरुको स्वास्थ्य र सार्वजनिक सवारी साधनको प्रदुषण एवं यान्त्रिक जाँच गरिएको छ ।
१ सय १५ सार्वजनिक सवारी साधनको प्रदुषण एवं यान्त्रिक जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक निशेष चापागाईले बताए । सोहि अवसरमा १ सय १५ जना सवारी चालकहरुको स्वास्थ परीक्षण गरिएको थियो । चालकहरुको आँखा एवं प्रेसर जाँच गरिएको थियो । यातायात व्यबस्था कार्यालय जगातीबाट मेकानिकल ईन्जिनीयर तथा धुलिखेल हस्पिटलबाट मेडिकल डक्टरहरुले परिक्षण गरिएको थियो ।









