बनेपा/भगबान थुम्की सामुदायीक बन उपभोक्ता समितीको २७ औ वार्षिक साधारण सभा जिल्ला समन्वय समिति प्रमुख उद्धब केसीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अथिी केसीले सबै मिलेर सामुदायीक बनको रक्षा गर्नु पर्ने बताए । खेती योग्य जमिन प्लटिङ्ग भैईरहेकोले सार्बजनिक जग्गाहरु समेत नजोगीने हुँदा सबै समुदाय मिली बनको र सार्वजानीक जग्गाहरुको रक्षा गर्नु पर्ने उनले बताए । कार्यक्रममा केसीले बनको बिच बिचमा पोखरी निमार्ण गरी बोट बिरुवाहरुलाई जोगाउन सकिने भएकाले स्थानीय सरकारले त्यस तर्फ ध्यान दिनु पर्ने बताए । कार्यक्रममा बनेपा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष पिताम्बर दुलाल, १० का चन्द्र बहादुर खड्का १३ का सुर्यनारायण नापीत, सब डिभिजन वन कार्यलयका अधिकृत रामकुमार भट्टराई, सामुदायीक बन उपभोक्ता महासघं प्रदेश ३ का अध्यक्ष विनोद सापकोटा, धर्म ज्योती आधारभुत विद्यालयका प्रधानाध्यापक रामहरी थापा लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तबय राखेका थिए ।
कार्यक्रममा समितिको वार्षिक प्रतिबेदन सचिब बालकुमार थापाले आर्थिक प्रतिबेदन सबिना थापाले साधारण सभामा पेश गरेका थिए । समितीले ६६ जना उपभोक्तालाई वाख्रा तथा वंगुर, ७ जना दलित सदस्यलाई २ हजारका दरले नगद तथा २ जना सदस्यको मृत्यु भएका परिवारलाई ५ हजारको दरले वितरण गरिएको जनाएको थियो । कार्यक्रममा स्वागत मन्तब्य समितिका सल्लाहाकार मुकुन्द देउजाले राखेका थिए भने कार्यक्रम समितिका अध्यक्ष चित्रबहादुर केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।









