2026 April 20/ 01:09: 57am

    बनेपा/पब्लिक सुत्रधार बहुउदेश्यीय सहकारी संस्था लिको चौथो वार्षिक साधारण सभा तथा १८ औ वार्षिक उत्सब कार्यक्रम सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य उपेन्द्र बहादुर ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी ढुङ्गानाले सहकारीहरुको नेपाल सरकारले नियमित अनुसन्धान गरि निगरानी गर्नु पर्ने बताए । एक दुई वटा सहकारीहरुले गर्दा सबै सहकारीहरुको बदनाम भएकाले त्यस्ता सहकारीहरुको अनुसन्धान गरी कानुनी दायरामा ल्याउनु पर्ने ढुङ्गानाले बताए । सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी गरी रोजगारीको संख्यालाई प्रोत्साहन गर्नु पर्ने बताउँदै सहकारीले राज्यको तिन खम्बाको १ खम्बा भएकाले तिन वटै खम्बा बलियो बनाउ पर्ने बताए । कार्यक्रममा समस्या ग्रस्त सहकारी ब्यबस्थापन समितिका सदस्य दिपक पौड्याल, काभ्रेपलाञ्चोक जिल्ला बहुदेश्यीय सहकारी सघं लिका उपाध्यक्ष कृष्ण भक्त थापा, बनेपा बचत साकोसका अध्यक्ष अमन पोटे लगायतका ब्यक्तिहरुले मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब बिधान जोशीले आर्थिक प्रतिबेदन कोषाध्यक्ष रामशरण हुँमागाईले सभामा पेश गरेका थिए । त्यसै गरी लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक निर्मल कर्माचार्यले पेश गरेका थिए । संस्थाको शेयर पुजीं २ करोड ३८ लाख २० हजार ६ सय,निक्षेप १८ करोड ५७ लाख ७७ हजार ४ सय ६३ र ऋण लगानी १७ करोड २७ लाख ५४ हजार ५ सय ७४ रहेको जनाएको छ । कार्यक्रममा जेष्ठ सदस्य शिक्षा सम्मान, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट सदस्य, प्रतिभा सम्मानबाट सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सदस्यहरुलाई बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रो.डा. राजेन्द्रप्रसाद बरालले क्यान्सर रोग सम्बन्धि प्रशिक्षण दिएका थिए । कार्यक्रम संस्थाका अध्यक्ष महेश कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।