2026 April 19/ 11:29: 06pm

    पनौती/अन्तराष्ट्रिय स्तरको पुष्पान्जली किन्डरगार्टेनले गत आईतवारवाट ४ देखी ८ वर्ष सम्मका विभिन्न विद्यालयमा अध्ययन गरिरहेका वालवालिकाहरुलाई लक्षित गरी एक हप्ते वीन्टर क्याम्पको सुरुवात गरेको छ । 
    प्रदेश नं ३ को उत्कृष्ट तथा नेतृत्वदायि किन्डरगार्टेन बन्ने दुर दृष्टिका साथ स्थापना भएको किन्डरगार्टेनले वालवालिकाहरुको मानसिक, सामाजिक, सास्कृतिक तथा संवेगात्मक अवस्थाको वृत्ती विकास गरी सक्षम नागरिक वनाउने मुल उद्देश्यका साथ क्याम संचालन भएको किन्डरगार्टेनका प्रध्यानाध्यापक रोजिना के.सि. ले वताईन् । क्याम्पमा पनौती नगरपालिकाका टौखाल, पनौती वजार, खरिवोट, मल्पि, सुन्थान, ठाडोवाटो लगायतका भेगहरुवाट वालवालिकाहरुको उत्साहजनक सहभागिता रहेको छ । क्याम्पमा वालवालिकाहरुलाई शारीरीक मानसिक खेल, आर्ट एण्ड क्राफ्ट, क्यूजिक, डान्स, समूह कार्य, वाचन, तथा भ्रमण एवं पिकनिक लगायतका विधिको प्रयोग गरी कार्यक्रम संचालन हुने के.सी.ले वताईन् । साथै कार्यक्रमवाट संवन्धित अभिभावकहरुलाई वालवालिकाको वैयतीक अवस्थाको वारेमा जानकारी गराई सकारात्मक परिवर्तनको लागि मार्गदर्शन गरिने समेत त्यस वखत जानकारी गराइएको छ । यस कार्यवाट न.पा.का २५ भन्दा वढी वालवालिकाहरु प्रत्यक्ष रुपमा लाभान्भित हुने प्रध्यानाध्यापक के.सी. ले वताईन् । 
    उक्त अवसरमा आफ्ना वालवालिकाहरुको भविस्यमा सकारात्मक परिवर्तनको लागि आगामी दिनमा पुष्पान्जली किन्डरगार्टेनमा आवद्द गराई बालवालिकाहरुको उज्वल भविष्य कोर्न पनि अपिल गरिएको छ ।