2026 July 30/ 12:08: 57am

    बनेपा/सापकोटा वंशावली कल्याण केन्द्र नेपालको प्रथम जिल्ला भेला पुर्व मन्त्री तथा सांसद अग्नि सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    जिल्ला तदर्थ समिति काभ्रेका संयोजक लोकगायक मच्छेश्वर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अग्नि सापकोटाले बंशजहरुको इतिहासलाई संरक्षण गर्दै वशावली जोगाउन देशभर छरिएका सापकोटाहरुको सभ्यता, संस्कतिका बारेमा जान्नु पर्ने बताए । सापकोटाको बशजहरुको साथै सिङ्गो समाजको हितमा लगानी गर्न हरेक सदस्यहरुबाट, दैनिक मुठीदान, मासिक बचत तथा अन्य सहयोग कार्यक्रम संचालन गरी देशभर अभियान संचालन गर्न सापकोटा बंशावली कल्याण केन्द्रको स्थापना भएको केन्द्रिय अध्यक्ष अब्जनाथ सापकोटाले बताए । कार्यक्रममा केन्द्रिय अध्यक्ष अब्जनाथ, उपाध्यष हरेराम सापकोटा, महासचिव ठाकुरनाथ सापकोटा, कोषाध्यक्ष टोमप्रसाद सापकोटा, सचिव उद्धव सापकोटा, केन्द्रिय सदस्य कमलप्रसाद सापकोटा लगायतले मन्तब्य राखेका थिए । जिल्ला तदर्थ समितिका सह संयोजक नारायणप्रसाद सापकोटाको स्वागत मन्तब्य रहेको कार्यक्रम गुणनाथ सापकोटाले संचालन गरेका थिए । कार्यक्रममा ८० वर्ष पुगेका जेष्ठ सदस्यहरुलाई सम्मान गरेका थिए । 
    भेलाले सापकोटा वंशावली कल्याण नेपाल काभ्रेको अध्यक्षमा सत्यनारायण सापकोटा निर्विरोध भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्ष नारायण सापकोटा, महिला उपाध्यक्ष आरती सापकोटा, सचिव जिएन सापकोटा, कोषाध्यक्ष बिनोद सापकोटा सदस्यहरुमा ऋषिराम सापकोटा, तुलप्रसाद सापकोटा, रामशरण सापकोटा, नेत्रप्रसाद सापकोटा, पशुराम सापकोटा, सागर सापकोटा, राजन सापकोटा, रत्नप्रसाद सापकोटा, कर्णबहादुर सापकोटा, बिदुर सापकोटा चयन भएका छन् ।