धुलिखेल/तारा गाउँ विकास समिति ताहाचल काठमाडौ र धुलिखेल उद्योग बाणिज्य संघको समन्वयमा आयोजना गरिएको चार दिने घरबास पर्यटन सम्वन्धी आधारभुत तालिम धुलिखेलमा सम्पन्न भएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले गरेका थिए भने समापन क्षेत्रिय होटल संघ काभ्रेका अध्यक्ष प्रेमकण्ठ माकजुले गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष प्रेमकण्ठ माकजुले धुलिखेलको पर्यटन क्षेत्रलाई बृद्धी गर्न ठुला होटलसँगै घरबास सम्वन्धी कार्यक्रम अगाडी बढाउनु पर्ने बताए । धुलिखेलमा आएका पर्यटकहरुको बसाई लम्याउन यस्ता कार्यक्रमहरुले थप सहजता हुने उनले बताए । अध्यक्ष मञ्जुकुमार कोँजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तारागाउँ विकास समितिका अध्यक्ष नारदकुमार लुईटेल लगायतले तालिमका अवधीमा भएका अनुभवहरु सुनाएका थिए ।
धुलिखेल नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि तत्कालिन र दिर्घकालिन योजनाहरु अघि सारेको छ । धुलिखेलको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पर्यटन परिषद् गठन गर्ने र पर्यटन सम्वन्धी रणनीतिक योजना तयार पारी दिर्घकालिन विकास गर्ने नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिए । पर्यटक सम्मेलन आयोजना गरी रणनीतिक योजनाका बारेमा छलफल गर्ने, पर्यटन सूचना केन्द्र स्थापना गर्ने, पर्यटन नगर परिषद् गठन गगर्ने र धुलिखेललका पर्यटकिय स्थानको पहिचान गरी विकास गर्ने योजना बनाईएको नगर प्रमुख ब्याञ्जुले बताए ।
तालिममा धुलिखेलका विभिन्न वडाका ४५ जना महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।









