धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले समुदाय–प्रहरी साझेदारीका सम्वन्धममा नेपाल प्रहरी, स्थानीय, समुदाय, सामाजिक संघ संस्था तथा विद्यालयमा भएको प्रगति तथा जिल्लामा प्रहरीले गरेका सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे,, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, धुलिखेल नगरपालिका उपप्रमुख बिमला शर्मा, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोँजु, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका सचिव नगेन्द्र अधिकारी, सञ्जिवनी विद्यालयका प्रअ तथा अन्य संघ संस्थाका प्रतिनिधिहरुले नेपाल प्रहरीले खेल्नु पर्ने भूमिका र नागरिकको सुरक्षाका बारेमा सुझाव दिएका थिए ।
प्रहरी प्रमुख एसपी खड्काले जिल्लामा भएको पछिल्लो अवस्था र प्रहरीका गतिविधिका बारेमा जानकारी गराएका थिए ।









