2026 April 19/ 11:29: 03pm

    धुलिखेल/काठमाडौ विश्वविद्यालयले मुलुकमै पहिलो पटक आईटी पार्कमा सु्पर कम्प्युटर भित्र्याएको छ । 
    दैनिक प्रयोग हुने साधारण कम्प्युटरहरुले इम्पुट लिने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट लगायतको अनुक्रिम प्रोसेसिङ्ग गर्ने गरी सुपर कम्प्युटर भित्र्याएको हो । उक्त कम्प्युटरले एकै पटक धेरै प्रकारको इन्पुट लिने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट दिने काम गर्छ । आकार र क्षमता अनुसार साधारण कम्प्युटरले भन्दा हजारौ वा लाखौ गुण छिटो गणना गर्ने क्षमता उक्त कम्प्युटरमा छ । तिब्र गणना गर्न तथा विशाल संग्रण क्षमताका कारण सुपरकम्प्युटरहरु धेरै क्षेत्रको अनुसन्धानमा उपयोगी मानिन्छ । नेपालका अस्पतालहरुमा नयाँ विरामीहरुको डाटा संग्रहण गर्न तथा चिकित्सकहरुले यस्ता अभिलेखका आधारमा उपचार पद्धती सुधार गर्न यस्ता कम्प्युटरहरुको उपयोग गरिन्छ ।