धुलिखेल/२०७३ असार ३० गते घरबाट बेपत्ता भई धादिङ्गमा मृत अवस्थामा फेला परेका अमित मिजारको हत्या भएको भन्दै विप्लब माओवादी निकट दलित मुक्ति मोर्चाले देशभर प्रदर्शन गरेको छ ।
देशभर प्रर्दशन गर्ने क्रममा जिल्लाको सदरमुकाम धुलिखेको बसपार्कबाट सरस्वती बजारसम्म ¥याली तथा विरोध गर्दै कोण सभा गरेको थियो । मोर्चाले आयोजना गरेको विरोध सभामा अमितको आत्महत्या नभई हत्या भएकाले हत्यारालाई राज्यले नै कारवाही गर्नु पर्ने माग गरिएको थियो । उक्त घटनाको अनुसन्धान भई अदालतले घटनालाई हत्या नभई आत्महत्या भएको फैसला सुनाएको थियो । अमितको परिवारलाई राज्यको तर्फबाट क्षतिपुर्ति समेत उपलब्ध गराईएको थियो । दलित मुक्ति मोर्चाले अमितको हत्यारालाई सरकारले कारवाही नगरे जनताले कारवाही गर्ने चेतावनी दिएका छन् । उक्त विरोध सभामा जिल्ला अध्यक्ष रमेश नेपाली, केन्द्रिय अध्यक्ष डम्बरबहादुर विश्वकर्मा, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका महासचिव कान्छा तामाङ, अखिल नेपाल भूमिहिन सुकुम्बासी संघका केन्द्रिय महासचिव ललितबहादुर विश्वकर्मा लगायतले सम्बोधन गरेका थिए । अधिकांश बक्ताहरुले अमितको हत्या भएकाले दोषिलाई कारवाहीको माग गरेका थिए ।









