बनेपा/पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुको छाता संगठन नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघको प्रदेश ३ को अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनबाट जिल्लामा लामो समय देखि ब्यवसाय गर्दै आएका सुविन मानन्धर प्रदेशको कोषाध्यक्ष पदमा निर्विरोध भएका छन् । त्यस्तै अर्का ब्यवसायी ज्ञानेन्द्र शाक्य कार्य समिति सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । यस अघि जिल्लामा भएको अधिबेशनबाट कृण्णराम कार्की निर्विरोध अध्यक्षमा निर्वाचित भएका थिए ।





