2026 October 10/ 02:55: 28am

जमुना सापकोटा/कुशादेवी
    कुशादेवी क्याम्पसको सातौं क्याम्पससभा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश नम्वर तीनका प्रदेशसभा सदस्य बसुन्धरा हुमागाँइको प्रमुख आतिथ्यता रहेको थियो भने पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने र उप प्रमुख गीता बन्जाराको विशिष्ट आतिथ्यता रहेको थियो । 
    यस्तै पुर्व सभासद् रामहरी सुवेदी, तेजगंगा क्याम्पका क्याम्पस प्रमुख डाक्टर अम्वुभवानी कार्की, रमेश पौड्याल, निलम कुमार शर्मा, गुणनाथ सापकोटा, सोम प्रसाद हुमागाँइ, पुरुषोत्तम अधिकारी, छविलाल हुमागाँई, किशोर थापा विभिन्न सहकारी संघ सस्थाका प्रतिनिधि र स्थानीय विद्यालयका शिक्षासेवीहरु लगायतको आतिथ्यता रहेको थियो । सातौं क्याम्पससभाको अवसर पारेर क्याम्पस सन्चालनका लागि १ करोडको अक्षय कोष स्थापना गर्ने निर्णय भएको छ । कार्यक्रममा बोल्दै प्रदेशसभा सांसद बसुन्धरा हुमागाँईले प्रदेश नम्वर ३  को स्थायी राजधानी काभ्रे बनाउन आफुहरु लागि परेको बताएका छन् । पर्याप्त स्रोतसाधन रहेको काभ्रेलाई प्रदेशको राजधानी बनाउन अन्य जिल्लाका सांस्लाई पनि सहयोगका लागि आग्रह गरिएको उनले बताए  । प्रदेश संसद् हुमागाँइले एक महिनाको तलव बराबरको रकम क्याम्पसको अक्षयकोषमा जम्मा गर्ने घोषणा गरेका छन् । सोहि अवसरमा ३० लाखको अक्षयकोषको घोषणा भएको क्याम्पस प्रमुख शशि बोलखेले बताए । 
    क्याम्पस सभामा क्याम्पसको प्रतिवेदन क्याम्पस प्रमुख शशिकुमार बोलखेले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन श्याम प्रसाद भुजुले  प्रस्तुत गरेका थिए । अक्षयकोष निर्माण सम्बन्धि अवधारणापत्र सहायक क्याम्पस प्रमुख श्रीकृष्ण थापाले प्रस्तुत गरेका थिए । क्याम्पस सभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद अधिकारीको अध्यक्षता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती दिएका थिए । क्याम्पस सभाले पुनः क्याम्पस ब्यवस्थापन समितिका लागि पुनः रामप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । समितिमा डा. निलम शर्मा, किशोर थापा, सिर्जना सापकोटा, लक्ष्मण हुमागाई सर्वसम्वत चयन भएका छन् । अन्य पदहरुमा आवश्यकता अनुसार समितिले मनोनित गर्न सक्ने ब्यवस्था छ ।