बनेपा नगरपालिका वडा नम्वर १० अन्र्तगत जनागाल क्षेत्रको अरनिको राजमार्ग खण्डमा रहेको सेतो पाटी पुनर्निमाणका लागि स्थानीयहरुले संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको ध्यानाकर्षण गराएका छन् । राणाकालिन पाटी जिर्ण भएको भन्दै स्थानीयहरुले पुनर्निमाणर््ाका लागि अनुरोध गरेको टोल सुधार समितिका नारायण तिमल्सिनाले बताए ।
स्थानीयहरुले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमबाट सहयोग गर्न अनुरोध गरेका थिए । मन्त्री बास्कोटाले राज्य कोषको रकम ब्यक्तिगत नभएकाले संसद विकासको नाम समेत परिवर्तन गरी राज्य कोषको दुरुपयोग हुनबाट रोकेको बताए । जनागालमा समस्या रहेको खानेपानी, फोहोर तथा ढल प्रशोधनलाई समाधानका लागि पहल गरिदिन अनुरोध गरेका थिए । मन्त्री बास्कोटाले सरकारले सन् २०२१ सम्म सबैको घर घरमा खानेपानी पु¥याउने लक्ष्य लिएकाले खानेपानीको अभाव हुन नदिन विकल्पहरुको खोजी भईरहेको बताए । साँगाको बृहत्त खानेपानी, टुकुचा हिलेजलजले र नालाको हिले जलजले पानीको विकल्पका लागि तयार गरिएको मन्त्री बास्कोटाले बताए ।
स्थानीयहरुको साथमा वडा अध्यक्ष चन्द्रबहादुर खड्का लगायतले खानेपानी, सडक निर्माणमा भएका प्रगति र समस्याका बारमो जानकारी गराएका थिए ।









