2026 April 19/ 09:55: 57pm

    नाला/नाला इन्टरनेशनल क्योकुशिनकाई कराँते डोको आयोजनामा प्रथम नाला आई के के एफ अल नेपाल फुल कन्टयाक्ट राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । 
    प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य सांसद बसुन्धरा हुमागाईले गरेका थिए भने समापन संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गरेका थिए । विजयी खेलाडीहरुलाई मन्त्री बास्कोटाले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले खेल क्षेत्रको विकासका लागि सरकारले योजना बनाएको बताउँदै युवाहरुलाई सम्वृद्ध मुलुक निर्माण गर्न वातावरण वनाउँदै गएको बताए । २३ जिल्लाका झण्डै २ सय खेलाडी सहभागि प्रतियोगितामा तौल समुह तथा खुल्ला समुहबाट खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । महिला तर्फ ४० केजी तौज तथा खुल्लामा ४० केजी भन्दा माथी र पुरुष तर्फ ४०, ५०, ६० र ६० केजी भन्दा माथी खुल्ला समुहमा प्रतिस्पर्धा गराईने छ । हरेक समुहमा विजयी हुनेहरुलाई क्रमश  ३ हजार, २ हजार, १ हजार र ५ सय रुपैया उपलब्ध गराईएको थियो  । मुख्य प्रशिक्षक गोविन्दलाल श्रेष्ठ, नालाका संयोजक पञ्चम श्रेष्ठ लगायतले दुई दिन आयोजना भएको खेलले बनेपाको नालाको ऐतिहासिक क्षेत्रको प्रचार प्रसार तथा राष्ट्रिय रुपमै प्रतिस्पर्धामा सहभागि हुने अवसर प्राप्त भएको बताए । 
    समापन कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहालले खेल र खेल क्षेत्रका लागि नगरपालिकाले आवश्यक योजना निर्माण गरेका विषयमा मन्तब्य राखेकी थिईन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद बसुन्धरा हुमागगाईले राष्ट्र निर्माण र सम्वृद्धका लागि खेल आवश्यक र महत्वपूर्ण भएको बताउँदै ब्यक्ति, समाज र राष्ट्रका लागि खेललाई अगाडी बढाउनु पर्ने बताए । प्रदेश सरकारले नाला क्षेत्रको खेल मैदानका लागि चालु वर्षमै खर्च गर्ने गरी ३० लाख रकम बजेट विनियोजन गरेकाले उक्त रकमबाट राम्रो खेलमैदान बनाउन सांसद हुमागाईले सुझाव दिए । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्वर ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, वडा नम्वर ३ का अध्यक्ष केपी दाहाल, वडा नम्वर २ का अध्यक्ष हरिशरण घिमीरे, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, ब्रान्च चिफ प्रेमनाथ श्रेष्ठ लगायतले खेलकुदका विषयमा मन्तब्य राखेका थिए ।