2026 April 19/ 09:55: 55pm

    नाला/पञ्चशिल साकोस चौथो बार्षिक साधारण सभा प्रदेश सभा सांसद बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    अध्यक्ष सन्तोष बजगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी सांसद हुमागाईले मुलुकको सम्वृद्ध र आर्थिक अभियानका लागि सहकारी महत्वपूर्ण भएको बताए । सहकारी मार्फत मुलुक निर्माणको अभियान शुरु गर्ने बताउँदै प्रदेश सरकारले खेल्ने भूमिकाको कमी नहुने बताए । बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालले नगरपालिका मार्फत सहकारीको ऐन निर्माण गरी सहकारीहरुको ब्यवस्थापन गर्ने कार्य शुरु गरिएको बताईन् । कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले सहकारी ऐन अनुसार एकै प्रकारका सहकारीहरुको एकिकरण शुरु गर्नु पर्ने बताए । वडा अध्यक्षहरु श्याम श्रेष्ठ, केपी दाहाल, स्थानीय संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु लगायतले सहकारी र पञ्चशिलले आगामी दिनमा खेल्ने भूमिकाका बारेमा जानकारी गराएका थिए । 
    सभामा प्रवन्धक सन्तोष दाहालले स्वागत मन्तब्य राखेका थिए भने सचिव शिवराम सिग्देलले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष लक्ष्मण दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा लेखा संयोजक जयराम दाहालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा २ हजार १ सय ६५ शेयर सदस्यबाट ३४ लाख १९ हजार ६ सय शेयर पुँजी रहेको छ भने ३ करोड ४० लाख ४१ हजार ९ सय ७३ रुपैया निक्षेप संकलन भएको छ । ऋण लगानी ३ करोड ३२ लाख ४८ हजार ३ सय ६ रुपैया भएको छ ।