2026 August 06/ 04:24: 59am

    धुलिखेल/२०७८ भदौ १८ गते दिउँसोको समयमा रोशी गाउँपालिका वडा नं. ९ मंगलटार स्थित बि.पि. राजमार्ग सडक खण्डको मंगलटार बजारमा सवारी चेकजाँचका क्रममा झापाबाट काठमाडौतर्फ आउदै गरेको बा.४.ख ६६७६ नं. को हायस गाडीमा यात्रा गर्ने यात्रुका साथबाट नियन्त्रित लागु औषध बरामद गरिएको छ । 
    यात्रु रोहितकुमार यादवले बोकेको झोलाबाट डिजेबल १०० एम्पुल, फेनरगन, पेनग्रिन १०० एम्पुल, नाम नखुलेको १०० एम्पुल र नोफिन  लेखेको लेबल स्टिकर १०० पिस, मोबाईल थान १, नगद ९ हजार सहित अन्य दुई पक्राउ गरिएको डिएस्पी एवं प्रवक्ता हरि खतिवडाले जानकारी दिनु भयो । सोधपुछको क्रममा रोहितकुमार यादवसँग सवार रुपेश कुमार यादव सहित भई बिशाल श्रेष्ठ भन्ने व्यक्तिलाई बिक्री गर्न ल्याएको भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आए पश्चात बिशाल श्रेष्ठलाई भदौ २० गते काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा. वडा नम्वर ७ मा फेला पारी सबै प्रतिवादीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको डिएस्पी खतिवडाले बताउनु भयो । 
    पक्राउ पर्नेहरुमा जिल्ला सिरहा सखुवानन्कार कट्टी गा.पा. वडा नं. ०३ घर भएका १९ बर्षिय रुपेश कुमार यादव, सोहि ठेगानाका १९ बर्षिय रोहित कुमार यादव र सर्लाही हरिवन न.पा. वडा नं. १० का २३ बर्षिय विशाल श्रेष्ठ रहेका छन् ।