2026 August 05/ 10:52: 37pm

निराजन सेढाई/काठमाडौ
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपूरमा सन्चालन भईरहेको योग तथा मर्म चिकित्सा सम्बन्धि कार्यशाला एवं तालिममा सहभागी नेपाल अधिराज्यका लगभग ३० जना बैध तथा कविराज लगायत उक्त कार्यलयका कर्मचारीहरूलाई गुर्जोको चिया खुवाउदै गुर्जाे चिया प्याकेट र गुर्जो सहितको धुलो औषधी वितरणको सेवा गरिएको छ । 
गुर्जोको बिषयमा उपस्थित सबै कविराज, बैद्यहरूले गुर्जाेको महत्वको बारेमा प्रकाश पार्दै गुर्जाेको सेवनले किड्नी, लिभरलाई असर पार्छ भन्ने हल्ला पूर्ण गलत रहेको, बरू किड्नी, लिभरलाई राम्रो बनाउने काम गुर्जाेले गर्छ त्यसैले गर्भवती अवस्था बाहेक सबैले मात्रा मिलाई नियमित खान सके निरोगी बनाउने र धेरै रोगहरु निको हुने राष्ट्रिय योजना आयोग सह–सचिव किशोर जोशीले योगको चर्चा गर्दै सहभागी सबैलाई योग समेत गराउनुभयो । 
त्यसैगरी काभ्रे उद्योग बाणिज्य संघ बनेपाको ४१ औं बार्षिक साधारण सभामा समेत उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल समेतको करिब ४ सयजना सहभागीहरूलाई गुर्जोको चिया सेवन गराएको थियो । प्रशिक्षार्थी पत्रकार