2026 August 05/ 07:44: 12pm

    धुलिखेल/फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेले फरार प्रतिवादीहरु पक्राउ गरेको छ । २०७४ माघ १ गते पाँचखाल नगरपालिका ६ अरनिको राजमार्ग सडक खण्ड नजिक यात्रु प्रतिक्षालय स्थानमा दलित भनी अपशव्द तथा गालि गलौज गरी जुत्ताको माला समेत लगाई गाउँ निकाला गर्न खोजेको घटनामा जातिय छुवाछुत तथा भेदभाब मुद्दामा उच्च अदालत पाटनको २०७६ असार १६ गतेको फैसलाले जनही ४ महिना कैद र ५ हजार जरिवाना र पीडितलाई जनही २५ हजार क्षतिपुर्ति भराउने गरी भएको फैसला पश्चात फरार रहेका प्रतिवादीहरुलाई २०७७ फागुन २ गते प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखाल नगरपालिका वडा नम्वर ६ बस्ने ३७ बर्षिय रामचन्द्र श्रेष्ठ, २५ बर्षिय नविन श्रेष्ठ, ३० बर्षिय दिपक श्रेष्ठ पक्राउ परेको सूचना अधिकारी डिएस्पी कुमारविक्रम थापाले जानकारी दिनु भएको छ ।