2026 August 05/ 02:42: 30pm

पनौती/साविक नेकपा एमाले चलाल गणेस्थान गाउँ कमिटीका अध्यक्ष एवं पत्रकार महासंघ काभ्रेका पुर्व सदस्य पनौती नगरपालिका १० निवासी रामबाबु महतको ५८ बर्षको उमेरमा असामयिक निधन भएको छ । 
‘असार ४ गते विहिबार विहान खोपासी बजार आई ११ बजे घर फर्किएर खाना खाए पछि सुतिरहेका रामबाबु महत खाजा नउठे पछि ओछ्यानमै वितेको थाहा भयो’–८८ बर्षिय बाबु इश्वर महतले भन्नुभयो–‘तीन छोरा मध्ये रामबाबु जेठो छोरा हो ।’ महतका दुई छोरी र एक छोरा छन् । छोरा र एक छोरी बैदेशिक रोजगारको क्रममा छन् । महतको पनौती स्थित त्रिवेणी घाटमा अन्त्येष्टी गरिएको छ । पार्थिव शरिरमा नेकपा नेता एवं संविधान सभा सदस्य रामहरी सुवेदीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गर्नु भएको थियो । पुर्व मन्त्री एवं नेकपा काभ्रेका इन्चार्ज गोकुल बास्कोटाले महतको निधन प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना ब्यक्त गर्नु भएको छ । 
पत्रकारितामा सक्रिय महत केहि वर्ष अघि देखि कृषि पेशामा संलग्न भई राजनीति र सामाजिक क्षेत्रमा सक्रिय हुनुहुुन्थ्यो । चलाल गाउँ कमिटीको अध्यक्ष रहेर पार्टी र कालिका माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष रहेर काम गरिसक्नु भएको थियो । पत्रकारिता क्षेत्रमा उहाँलाई रामको उपनामले चिनिन्थ्यो । राजधानीबाट प्रकाशन हुने साप्ताहिक र जिल्लाबाट प्रकाशन भएको चेष्टा साप्ताहिकमा समेत उहाँले काम गर्नु भएको थियो । महतको निधन प्रति नेपाल पत्रकार महासंघ काभ्रे शाखाको शुक्रबार बसेको बैठकले श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजन प्रति समवेदन प्रकट गर्ने निर्णय गरेको अध्यक्ष मोतीरााम तिमल्सिनाले जानकारी दिनुभयो ।