2026 September 24/ 03:14: 17pm

           बनेपा/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको आयोजनामा जिल्ला प्रशाससन कार्यालय, उद्योग वाणिज्य कार्यालय, जिल्ला समन्वय समिति र काभ्रे उद्योग वाणिज्य संघ समन्वयमा बनेपा र धुलिखेल नगरपालिकामा रहेका मिठाई पसलहरुको अनुगमन गरेको छ ।
खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख मनिषा चापागाईको नेतृत्वमा उद्योग वाणिज्य कार्यालय काभ्रेका रविन्द्र चौलागाई, जिल्ला समन्वय समितिका प्रतिनिधी, काभ्रे उद्योग वाणिज्य संघका महासचिब रजित पलाञ्चोके, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायत सञ्चारकर्मी र प्रहरी सहितको टोलीले अनुगमन गरेको थियो ।
           अनुगमनका क्रममा बनेपाको तीनदोवाटोमा रहेको गौतम मिठाई पसल र तिनधारमा रहेको थापा जलपान गृह पसलमा अखाद्य रङ्ग प्रयोग गरी मिठाई बनाएको र उक्त मिठाई नष्ट गरि सचेत गराईएको, होटलहरुमा सरसफाईको कमी भेटिएकाले सचेत गराईएको अखाद्य कलकर प्रयोग गरेको पाईएकोले ३० केजी मिठाई र चास्नी, ३० केजी पत्रिका÷प्रिन्टेड कागज लगायत नष्ट गरिएको अनुगमन प्रमुख मनिष चापागाईले बताईन् । टोलीले बनेपा र धुलिखेलमा रहेका अधिकांश मिठाई पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनमा म्याद गुज्रिएका सामाग्री बेचिएको, सरसफाई नभएको, लेबल नभएको फेला परेको सामानहरु समेत नष्ट गरिएको चापागाईले बताईन् । चापागाईले बजार अनुगमनलाई तिब्रता दिने र बढी मुल्य लिई सामान बेचिएको भेटीएमा कडा कारवाही गरिने बताईन ।