2026 September 30/ 01:50: 31am

    नेकपा एमालेको ११ औं महाधिबेशन हिजो सकिएको छ । मध्यरातसम्म मतदान चलिरहेको थियो । मतदान सकिए लगत्तै मतगणना गरिएको छ । यो समाचार तयार पारुञ्जेल नेतृत्व चयन सम्बन्धी मत परिणाम सार्वजनिक भएको छैन । 
    केन्द्रीय कमिटीमा सहभागी हुनेक चाहना धेरैले गरेको भए पनि उम्मेदवारका रुपमा ९ जना प्रतिस्पर्धामा उत्रिए । नेतृत्व चयनका लागि दुई समुह प्रतिस्पर्धामा थिए । अध्यक्ष केपी ओली समुहबाट केन्द्रीय सदस्यमा अशोक ब्याञ्जु, समिक बडाल, रुकमणी बराईली, अमित लामा, जेनीस लामा उम्मेदवार भए भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समुहबाट पोलिटब्युरो सदस्य समेत रहेका पुर्व मन्त्री गोकुल बास्कोटा सचिव पदमा प्रतिस्पर्धामा उत्रिए । त्यस्तै सदस्यहरुमा नविना लामा, कञ्चन अधिकारी र ज्ञानबहादुर लामा प्रतिस्पर्धामा उत्रिए ।