2024 April 26/ 12:26: 14pm

अनिता प्रजापति
प्रिन्सिपल 
अर्किड ईन्टरनेश्नल एकेडेमी 
बनेपा, काभ्रे 

अर्किड ईन्टरनेश्नल एकेडेमीका बारेमा बताईदिनुस न ?
वि.सं. २०६६ सालमा बनेपाका शिक्षाप्रेमी तथा अनुभवी व्यक्तित्वहरुद्धारा अर्किड इन्टरनेशनल एकेडेमीको स्थापना भएको हो । छोटो समयमा नै नाम कमाउन सफल यस एकेडेमीले बालबालिकाहरुको बौद्धिक, मानसिक, शारिरीक तथा सामाजिक विकास गर्नका लागि व्यवहारिक तथा वैज्ञानिक शिक्षा प्रदान गर्दै आएको छ । पढेर मात्र होइन गरेर पनि सिक्ने
Learning by doing भएकोले मन्टेश्वरी ल्याबको व्यवस्था गरेका छौं । बालबालिकाहरुले विभिन्न नयाँ प्रविधिका साथ उचित शिक्षा पाइरहेका छन् । यस एकेडेमीका सम्पूर्ण क्रियाकलापहरु बाल मनोविज्ञानलाई ध्यान दिँदै विद्यार्थीहरुलाई नै केन्द्रविन्दुमा राखेर गर्ने गरेका छौं । 
अर्किड ईन्टरनेश्नल एकेडेमीमा कति वर्ष देखी कति वर्ष सम्मका बालबालिकाहरुले पढन् सक्छन् ? 
यस एकेडेमीमा हाल प्लेग्रुपदेखि कक्षा ५ सम्म संचालन भइरहेको छ र १८ महिनादेखि ११ वर्षसम्मको बालबालिकाहरुले बालमैत्री वातावरणमा पठनपाठन गर्न सक्छन् ।
जिल्लामै नमुनाको रुपमा रहेको अर्किर्डको छुटै विशेषता के हो ? 
यस ऐकेडेमीले स्थापनाको छोटो समय अवधिमा नै अभिभावक, शुभचिन्तकहरुको विश्वास जित्न सफल भई जिल्लाकै नमूना विद्यालय बन्न सफल भएकोमा यहाँहरु सम्पूर्णमा हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु र आगामी दिनहरुमा पनि हजुरहरुबाट यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु । त्तगबष्तिथ ष्क mयचभ ष्mउयचतबलत तजबल त्रगबलतष्तथ भन्ने भनाईलाई मध्यनजर गर्दै घरभन्दा परको ९जयmभ बधबथ ाचयm जयmभ० अवधारणालाई सार्थकता दिँदै थोरै संख्यामा विद्यार्थीहरु राखेर प्रत्येकले राम्रोसँग सिक्न सक्ने वातावरण प्रदान गरेका छौं । बालमैत्री वातावरणका साथै विभिन्न क्रियाकलापहरु बाल मनोविज्ञानलाई ध्यान दिँदै गर्ने गराएका छौं । मन्टेश्वरी ल्याबको पनि व्यवस्था गरेका छौं । त्यसैगरी ल्गचकभचथ देखि कक्षा ५ सम्मका विद्यार्थी भाईबहिनीहरुको पुस्तकहरु विद्यालयमै व्यवस्थित रुपमा राख्ने व्यवस्था मिलाएका छौं । जसले गर्दा साना विद्यार्थीहरुको गहु्रुँगो भारी बोक्न पर्दैन । पौष्टिक ताजा खानाको व्यवस्था गरेका छौं । 
किन्डर गार्टेनको नाममा जस्तो विद्यालयलाई पनि किन्डर गार्टेन भनिएको छ यस्लाई रोक्न  के गर्नु पर्ला ? 
निकै नै गम्भीर र महत्वपूर्ण प्रश्न सोध्नुभयो । यो विषयमा मैले धेरै नै सोच्ने गरेकी छु । किण्डरगार्टेन नाम मात्रको हो कि साँच्चिकै किन्डरगार्टैन नै हो । यस विषयमा उचित अनुगमन हुनुपर्ने जस्तो लाग्छ । अनि विद्यालय निरिक्षण गरी राम्रोलाई प्रोत्साहन र नाम मात्रको किण्डरगार्टेनलाई हटाई शिक्षाको गुणस्तर अझ बढाउन सम्बन्धित निकाय सक्रिय हुनुपर्ने जस्तो लाग्छ । यसका साथसाथै सम्पूर्ण अभिभावकहरुलाई हल्ला र किन्डरगार्टेन नामको मात्र पछि नलागि आफैंले भिजिट गरेर उचित किन्डरगार्टैनमा मात्र आफ्ना नानीबाबुलाई भर्ना गर्नहुन अनुरोध गर्न चाहन्छु ।
छोटो समयमा नै अर्किडले आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ,, यसलाई अझै माथिल्लो कक्षा सम्म लाने योजना बनाउनु भएको छ कि छैन ?
छोटो समयमा नै अर्किड परिवारले धेरै नै माया साथ र सहयोग पाएका छौं । यसका लागि सम्पूर्ण अभिभावक वर्ग, शुभचिन्तक वर्गमा हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु । यस अर्किड इन्टरनेशनल एकेडेमीमा भविष्यमा हामीले माथिल्लो कक्षा संचालन गर्ने योजना बनाएका छौं । निकट भविष्यमा एक सुविधा सम्पन्न भौतिक पूर्वाधार निर्माण गर्नेछौं जसमा विद्यार्थी भाईबहिनीहरुको लागि सुविधा सम्पन्न कोठा, स्वच्छ र सफा भान्छा, स्वस्थकर ताजा खानाको व्यवस्था, आवश्यक शैक्षिक सामग्रीको व्यवस्थापन तथा अतिरिक्त क्रियाकलाप लगायत शैक्षिक क्रियाकलापको लागि राम्रो व्यवस्थापन गर्नेछौं ।
अहिलेको प्रविधिले गर्दा वालबालिकामा नराम्रो असर गरिरहेको छ, विद्यालयले प्रविधि अनुसारको शिक्षा दिन सकेको छ कि छैन ?
पक्कै पनि अहिलेको प्रविधिले गर्दा बालबालिकामा नराम्रो असर गरिरहेको छ । पाठ्यक्रममा भन्दा बाहिर बढी ध्यान गएको अवस्था छ । विद्यालयले प्रविधि अनुसारको शिक्षा पनि दिएको छ र बेलाबेलामा प्रविधिले गर्दा सकारात्मक र नकारात्मक पक्षको बारेमा कतगमभलत यचष्भलतबतष्यल उचयनचबm गर्ने गरेका छौं । 
अन्त्यमा पत्रिका मार्फत अभिभाबक, विद्यार्थीहरुलाई के भन्न चाहनु हुन्छ ?
अन्तमा विद्यालय सम्बन्धी केहि कुराहरु राख्ने मौका दिनुभएकोमा म र अर्किड परिवार चेष्टा साप्ताहिक प्रति आभार प्रकट गर्न चाहन्छु । र आफ्ना नानीबाबुहरुको उज्जवल भविष्यको लागि शिक्षामा कुनै सम्झौता नगरौं भन्न चाहन्छु ।